Information is intelligence
HomeSportsयुभेन्टसको यस वर्षको च्याम्पियन्स लिग सपनामै सीमित, अन्तिम १६ बाट बाहिरियो

युभेन्टसको यस वर्षको च्याम्पियन्स लिग सपनामै सीमित, अन्तिम १६ बाट बाहिरियो

- Advertisement -spot_img

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले पोर्टो माथी जित हात पारेको छ । जितका बावजुद पनि समग्रमा भने हार बेहोर्दै  युभेन्टसको  च्याम्पियन्सको यात्रा टुगिएको हो ।

युभेन्टसको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा जित हात पारे पनि समग्रमा खेल बराबरीमा सकिन्दा होम र अवे गोलको आधारमा भने पोर्टोले जितहात पार्दै अन्तिम आठमा प्रवेश गरेको छ। पहिलो लेगमा पोर्टोले युभेन्ट्सलाई २–१ ले हराएको थियो ।

खेलको १९औँ मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए । ५४औँ मिनेटमा पोर्टोका मेहेदी टेरेमी दुईवटा पहेलो कार्ड खाँदै मैदानबाहिर जाँदा पोर्टाे १० खेलाडीमा समेटियो ।

६३औँ मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११५औँ मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई २–२ को बराबरीमा ल्याए ।

११७औँ मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्ट्सलाई ३–२ को जित दिलाए । तर, युभेन्ट्स अन्तिम आठमा भने पुग्न सकेन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु