Information is intelligence
HomeSportsबार्सिलोना र पिएसजी भिड्दै, पिके र नेयमार अनुपस्थित

बार्सिलोना र पिएसजी भिड्दै, पिके र नेयमार अनुपस्थित

- Advertisement -spot_img

च्याम्पियन्स लिग अन्तर्गत आज (बुधबार) स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले प्रतिस्पर्धा गर्दैछन् ।

खेल पिएसजीको मैदानमा राति १ः४५ बजे हुने छ । बार्सिलोनाको लागि जित निकाल्न निकै कठिन देखिन्छ ।

यसअघि पहिलो लेगमा बार्सिलोना आफ्नै मैदान क्याम्प नोउमा ४-१ गोलले पराजित हुन पुगेको थियो । यता बार्सिलोनालाई डिफेन्डर पिकेको अनुपस्थिती हुँदा पिएसजीमा नेमारको पनि कमि हुनेछ ।

चोटको कारण नेयमारले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको दोस्रो लेग खेल गुमाउने भएका हुन् । चोटको कारण नेयमारले बार्सिलोनासँगको पहिलो लेग खेल समेत गुमाएका थिए ।

पिके भने कोपाडेल रे मा सेभिल्ला विरुद्धको खेलमा चोट बोकेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु