Information is intelligence
HomePoliticsमाओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन

माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन

- Advertisement -spot_img

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणका लागि प्रतिवेदन पेस गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने,“बैठकले पार्टीको अहिलेको संगठनात्मक स्थितिको यथार्थलाई राखेर अबको संगठन निर्माणको योजनालाई ठोस रूप दिन अबको केही दिनभित्रै प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ  ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु