Information is intelligence
HomeNewsरेकर्ड राख्दै नीलम बनीन् डेपुटी गभर्नर

रेकर्ड राख्दै नीलम बनीन् डेपुटी गभर्नर

- Advertisement -spot_img

नीलम ढुंगाना तिम्सीना नेपाल राष्ट्र बैंककाे इतिहासमा पहिलाे महिला डेपुटी गभर्नर नियुक्त भएकि छिन् । मंगलबार साँझ बसेकाे मन्त्रीपिरिषदकाे बैठकले नीलमसहित बमबहादुर मिश्र राष्ट्र बैंककाे डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

राष्ट्र बैैंककाे ५६ वर्षे इतिहासमा नीलम पहिलाे महिला डेपुटी गभर्नर हुन् । तत्कालीन डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि केही दिनदेखि सो पद रिक्त थियो । गभर्नर महाप्रसाद अधिकारीले मिश्र र ढुंगानासहित डा. गुणाकर भट्ट र देवकुमार ढकालसहित ४ कार्यकारी निर्देशकको नाम डेपुटी गभर्नरका लागि सिफारिस गरेका थिए । सिफारिस ४ नाममध्ये कार्यकारी निर्देशकको वरियताक्रममा तेश्रो स्थानमा रहेकी ढुंगाना र तेह्रौं स्थानका मिश्रले बाजी मारेका हुन् ।

डा निलम ढुंगाना राष्ट्र बैंकमा हाल एकमात्र महिला कार्यकारी निर्देशक समेत हुन् । २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेकी उनी २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु