Information is intelligence
HomePoliticsअब दुई वर्ष यही सरकारलाई टिकाइन्छ : वरिष्ठ नेता खनाल

अब दुई वर्ष यही सरकारलाई टिकाइन्छ : वरिष्ठ नेता खनाल

- Advertisement -spot_img

काठमाडाैं | नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्‍ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्‍मा हुन सक्ने विभिन्‍न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने बताए।

एमाले र माओवादी केन्द्रबीचको एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो।

नेकपा राजनीतिक रुपमा विभाजित बनेपछि प्रचण्ड समूहमा लागेका वरिष्ठ नेता खनाल सर्वोच्चको पछिल्लो फैसलापछि एमालेमै फर्किएका थिए। रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु