Information is intelligence
HomePoliticsधनगढीमा एमालेको २ पक्षीय कार्यकर्ताबीच झडप

धनगढीमा एमालेको २ पक्षीय कार्यकर्ताबीच झडप

- Advertisement -spot_img

कैलाली । धनगढी स्थित प्रदेश कार्यलयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ ।

बोर्ड राख्ने र हटाउने विषयमा झडप भएको हो । भीम रावल पक्षीय कार्यकर्ताले नेकपा (एमाले)को बोर्ड टाँसेका थिए तर अध्यक्ष कर्ण थापा नेतृत्वको समूहले उक्त बोर्ड हटाएर अर्को बोर्ड झुण्ड्याए पछि कार्यकर्ताहरुबीच झडप भएको हो ।

झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु