Information is intelligence
HomeEconomyज्याेति लाइफले ताेड्याे रेकर्ड, कतिले दिए आवेदन ?

ज्याेति लाइफले ताेड्याे रेकर्ड, कतिले दिए आवेदन ?

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आईपीओमा आवेदन दिने संख्याले नयाँ रेकर्ड कायम गरेकाे छ । उक्त कम्पनीकाे आईपीओमा हालसम्मकै सबैभन्दा बढी आवेदन परेकाे हाे ।

कम्पनीकाे आईपीओमा आवेदन दिने अन्तिम दिन अर्थात बुधबार बेलुकासम्म १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासनमा गरिएको ५९ लाख ४० हजार कित्ताको ६.४ गुणा बढी हो ।

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु