Information is intelligence
HomeNewsदैलेख दुर्घटनाः २ जनाकाे मृत्यु, १० काे अवस्था गम्भीर

दैलेख दुर्घटनाः २ जनाकाे मृत्यु, १० काे अवस्था गम्भीर

- Advertisement -spot_img

कालिकोटबाट यात्रु बोकेर सुर्खेतका लागि छुटेको ०२०० ख ०२४७ नम्बरको मिनी बस आठबीस नगरपालिका–१ को सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुदा २ को मृत्यु भएको छ ।

कालिकोट जिल्ला शुभकालिका–२ का ३७ वर्षीय जितेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको हो, भने नरहरीनाथ गाउँपालिका निवासी २१ वर्षीय कमल विकको उपचारका क्रममा पादुका मेडिकल हलमा मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी अर्जुन चन्द्रका अनुसार बसमा सवार १७ जना मध्ये १० जनाको अवस्था गम्भीर भएकोले उपचारको लागि सुर्खेत लगिएको छ ।

अन्य ५ जनाको पादुका स्वास्थ्य क्लिनिकमा उपचार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु