Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित

- Advertisement -spot_img

काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।

मुलुकभर ९ सय २९ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १० हजार ४ सय ३४ पीसीआर परीक्षण भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु