Information is intelligence
HomePoliticsनेकपाकै बाटाे पछ्याउँदै जसपा

नेकपाकै बाटाे पछ्याउँदै जसपा

- Advertisement -spot_img

यतिबेला नेपालमा राजनीतिक चलखेल प्रष्ट रूपमा देखा पर्न थालेकाे छ । यसकाे सबैभन्दा केन्द्रमा ३ दल देखिएका छन् । ती हुन् एमाले , माओवादी र जनता समाजवादी पार्टी(जसपा) । फागुन २३ गते सर्वाेच्च अदालतले तत्कालीन नेकपाकाे आधिकारिकता ऋषि कट्टेल नेतृत्वकाे नेकपालाई दिएपछि सुरू भएकाे अर्काे चलखेल हाल गरमागरमकाे अवस्थामा देखिएकाे छ। यसकाे सबैभन्दा मध्यविन्दुमा देखिएकाे पार्टी हाे जसपा।

बैशाख ९ गते तत्कालीन जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएकाे एकीकरणकाे सम्झाैताअनुरूप हालसम्म जनता समाजवादी पार्टीकाे रूपमा संसदमा रहेकाे पार्टी फेरी सत्ता समिकरणकाे जालझेलमा पर्न लागेकाे देखिन्छ । यदि यस्ताे भएकाे खण्डमा फेरी पार्टी एक नहुने अवस्थामा पुग्न सक्ने आँकलन गर्न थालिएकाे छ।

जसपाका महन्थ ठाकुरलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले अबकाे प्रधानमन्त्रीकाे प्रस्ताव राखेकाे खबरले नयाँ तरङ्ग नेपाली राजनीतिमा पैदा भएकाे छ। यसकाे झट्काले भने जसपा भित्रै खैलाबैला मच्चाउने निश्चित देखिन्छ । जसपाका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइ सरकारमा नगइ आफ्ना मुद्दाका बारेमा केन्द्रित हुनुपर्ने बताइरहेका बेला अन्य नेताहरू भने बालुवाटार र पेरिसडाँडा धाइरहेका छन् ।

एकातिर सरकारले धाेका दिइरहेकाे बताइरहने राजेन्द्र महताे र अर्कातिर सरकारमा आँखा लगाइरहने जसपाकाे पंक्ति यदि सरकारमा सहभागी भएकाे खण्डमा अर्काे अपजस सहन तयार हुनपर्ने निश्चित छ ।

सरकारमा जानका लागि जसपाले सरकारसँग राखेकाे माग हेर्दा जसपा सरकारमा  जान त्यति आकर्षित नभएकाे हाे कि जस्ताे देखिन्छ । उसले रेसम चाैधरीकाे रिहा भएमा मात्र सरकारबारे कुरा गर्न सकिने बताइरहँदा रेसम चाैधरी रिहा गर्नु भनेकाे राष्ट्रपति अथवा सर्वाेच्च अदालतकाे गरिमामा अर्काे दाग लाग्ने निश्चित हुँदाहुँदै राखेकाे अड्चनकाे रूपमा मात्र देखिएकाे छ।

हाल जसपामा ३२ जना सांसद रहेका छन् । तीमध्ये १६ जना तत्कालीन जसपाका सांसद हुन् भने १६ जना राजपाका  । यदि जसपा पुरै सरकारकाे पक्षमा उभियाे भने नेकपा एमालेकाे सरकार सजिलै अर्काे २ वर्ष टिक्ने अंकगणित तयार हुन्छ । तर एमालेभित्रकाे समिकरण नै अचकल्टाे देखिएकाे अवस्थामा जसपासँगकाे समिकरण झन् खिचडीजस्ताे हुने देखिएकाे छ । यदि खिचडी पाकिरहने हाेभने जसपाले पनि नेकपाकाे गति नलिएला भन्न सकिन्न ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु