Information is intelligence
HomeNews२५ वर्षदेखि बाैद्दमै थियाे बरामद भएकाे युरेनीयम

२५ वर्षदेखि बाैद्दमै थियाे बरामद भएकाे युरेनीयम

- Advertisement -spot_img

नेपालमा पहिलाेपटक बरामद भएकाे युरेनीयम २५ वर्षदेखि कुनामा थन्किएकाे बयान पक्राउ परेकीमध्ये एक रामेछाप घर भएकी जानुका तामाङले बताएकी छिन् । २५ वर्षअघि उनका ससुराले भारतबाट ल्याइ घरमा राखेकाे उनले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उनी विवाह गरेर भित्रिएपछि उनले उक्त युरेनीयमकाे बारेमा थाहा पाइन् र रामेछापकाे  लिखु तामाकोशी गाउँपालिका–५ का नारायणसिंह तामाङलाई उनले सो न्यूक्लियर इनर्जी देखाइन् । फार्मेसीका विद्यार्थी ४० बर्षीय नारायण सिंहले जानुकालाई भने, ‘यो युरेनियम हो, अरब मुल्यमा बिक्री हुन्छ ।’

रामेछापका २० बर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २० बर्षीय मनोज न्यौपानेले ग्राहक खोज्न थाले । ‘ग्राहक भेट्टाएपछि उनीहरुलाई नारायण सिंहले २–२ करोड दिन्छु भनेको रहेछ’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पाल भन्छन् ।

२५ वर्षअघि उक्त युरेनीयम नेपाल ल्याउने जानुकाका ससुरा अमर लामा भने यतिबेला अमेरिकामा छन् । उनी प्यारालाइसिसका बिरामी हुन् । त्यही कारण उनीसँग सम्पर्क गर्न नसकिएकाे प्रहरीले बताएकाे छ।

प्रहरीकाे सक्रीय सहभागिताका कारण नै उक्त युरेनीयम बरामद गर्न सफल भएकाे हाे । प्रहरी आँफै ग्राहक बनेर अर्बाैँकाे युरेनीयम बरामद गरेकाे  एआईजी हरि बहादुर पालले बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु