Information is intelligence
HomePoliticsगृहमन्त्री बादलसहित मन्त्रीहरूलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन

गृहमन्त्री बादलसहित मन्त्रीहरूलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन

- Advertisement -spot_img

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ। पेरिस डाँडामा शनिबार विहान बसेको पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

पार्टीका नेता नारायणकाजी श्रेष्ठका अनुसार आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिएको हो।

सरकारमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु