Information is intelligence
HomePoliticsभिम रावल माओवादी केन्द्रकाे स्थायी समिति बैठकमा

भिम रावल माओवादी केन्द्रकाे स्थायी समिति बैठकमा

- Advertisement -spot_img

नेकपा एमालेका नेता भीम रावल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी भएका छन्।शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेता रावल सहभागी भएका हुन् ।

नेकपा एमालेमा केपी शर्मा ओली समूहकाे स्थायी समित बैठक बसी माधवकुमार नेपाल लगायत अन्य नेताहरूकाे पद नै खाेसेपछि माधव नेपाल समूहकाे पनि स्थायी समिति बैठक बसिरहेकाे छ। उक्त बैठक बस्नुअघि नेपालकाे सन्देश लिएर रावल पेरिसडाँडा पुगेकाे र स्थायी समिति  बैठकमा बसेकाे जानकारी प्राप्त भएकाे छ।

बैठकपछि रावलले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेटघाट गरेर रावल फर्किएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु