Information is intelligence
HomePoliticsसुरू भयाे एमालेमा समानान्तर कमिटी, सातै प्रदेशकाे इन्चार्ज ताेकिए

सुरू भयाे एमालेमा समानान्तर कमिटी, सातै प्रदेशकाे इन्चार्ज ताेकिए

- Advertisement -spot_img

नेकपा एमालेमा समानान्तर कमिटीकाे सुरूवात भएकाे छ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजाे सातै प्रदेशका इन्चार्जहरू हेरफेर गरेपछि त्यसलाइ काउन्टर दिँदै माधव नेपाल समूहले आज सात प्रदेशका इन्चार्ज ताेकेकाे छ ।

आज भएकाे निर्णय अनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावल इन्चार्ज भएका छन् ।

महिला इन्चार्जकाे जिम्मा पनि अष्टलक्ष्मी शाक्यालाइ नै दिइएकाे छ। यस्तै, युवा इन्चार्जको जिम्मेजारी रघुजी पन्तलाई दिइएको छ भने गोकर्ण विष्टले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएका छन् । बुद्धिजीवी इन्चार्जमा प्रवेश हमाल चयन भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु