Information is intelligence
HomeFact-Checkस्तन क्यान्सर सम्बन्धी ५ भ्रम

स्तन क्यान्सर सम्बन्धी ५ भ्रम

- Advertisement -spot_img

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा २३ लाख महिलालाइ स्तन क्यान्सर भएकाे तत्थ्य सार्वजनिक भएकाे छ । महिलाहरूलाइ हुने क्यान्सरमध्ये सबैभन्दा धेरै डाटा स्तन क्यान्सरकाे छ । नेपालमा पनि प्रत्येक वर्ष महिलाहरूमा स्तन क्यान्सरका बिरामीहरूकाे संख्या बढ्दाे छ । स्तन क्यान्सरसम्बन्धी यस्ता ५ भ्रमहरूकाे बारेमा याे लेख तयार पारिएकाे छ ।

भ्रम १ः स्तन क्यान्सर वंशाणुगत राेग हाे ।
धेरै महिलाहरूमा याे भ्रम रहेकाे छ कि आफ्नाे परिवारमा विगतमा कसैलाई स्तन क्यान्सर भएकाे छ भनेमात्र आफूलाई स्तन क्यान्सरकाे संभावना हुन्छ । तर कतिपय अध्ययनले यसलाई नकारेकाे छ । परिवारमा कहिल्यै कसैलाई पनि स्तन क्यान्सर नभएका महिलाहरुलाई पनि स्तन क्यान्सर भएकाे पाइएकाे छ।

भ्रम २ः स्तन क्यान्सर बढी उमेरका महिलालाई मात्र हुन्छ ।
याे पनि एक भ्रम मात्र हाे । महिलाहरूमा रजस्वलाकाे सुरूवातसँगै स्तन क्यान्सरकाे खतरा सुरू भएकाे हुन्छ । धेरैजसाे अवस्थामा बढी उमेरका महिलाहरूलाई स्तन क्यान्सर भएकाे पाइएतापनि कम उमेर समूहका महिलाहरूलाई पनि स्तन क्यान्सरकाे खतरा उत्तिकै देखिएकाे पाइन्छ ।

भ्रम ३ः स्तन दुख्नु नै स्तन क्यान्सरकाे लक्षण हाे ।
याे बिलकुल नै भ्रम हाे। कतिपय  महिलाहरूलाई महिनावारी सुरू हुनेबेला स्तन दुख्न थाल्छ र महिनावारी सकिएपछि स्तन दुख्न छाड्छ । कतिपय महिलाहरूलाई बच्चालाई दूध खुवाउने बेला स्तन दुख्छ ।त्यसकारण स्तन दुख्नु नै स्तन क्यान्सरकाे लक्षण हैन ।

भ्रम ४ः विभिन्न पाउडर तथा पर्फ्युमहरूले स्तन क्यान्सरकाे खतरा बढाउँछन् ।
हालसम्म कुनैपनि पाउडर तथा पर्फ्युमहरूले स्तन क्यान्सरमा भूमिका खेलेकाे तत्थ्य भेटिएकाे छैन । त्यसकारण याेपनि केवल एक भ्रममात्र हाे ।

भ्रम ५ः ब्रेस्ट क्यान्सरकाे जाँच माेमाेग्राम्स गर्दा धेरै पीडा हुन्छ ।
माेमाेग्राम्स गराउँदा बिरामीहरूलाई रेडिएसनकाे मात्रा निकै कम गरिएकाे हुन्छ । यसले केही खतरा निम्त्याउँदैन। ४० वर्षकाे उमेरपछि भने केही दुखान महसुस हुने भएकाले जाँचकाे क्रमलाई दुई वर्षमा एकचाेटी गराउनुपर्छ ।

भास्कर डट कमकाे याे लेख दरबार टाइम्स टिमले नेपालीमा अनुवाद गरेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु