Information is intelligence
HomeEconomyग्लाेबल आइएमई बैंकद्वारा ३० लाख कित्ता ऋणपत्र निष्कासन,कसरी दिने आवेदन ?

ग्लाेबल आइएमई बैंकद्वारा ३० लाख कित्ता ऋणपत्र निष्कासन,कसरी दिने आवेदन ?

- Advertisement -spot_img

ग्लाेबल आइएमई बैंकले ३ अर्ब रूपैँया बराबरकाे ३० लाख कित्ता ऋणपत्र निष्साकन गरेकाे छ । प्रतिकित्ता १००० रूपैँयाका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे ।

दश वर्ष अवधिकाे उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा अर्धवार्षिक रूपमा पाउने छन् ।

निष्काशनमा आउने ३ अर्बको ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्रका इकाई सर्वसाधारणमा आउनेछ ।

सर्वसाधारणलाई निष्काशन गरिनेमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ११ लाख ४० हजार इकाई खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि २५ हजार रुपैयाँदेखि अधिकतम १० लाख कित्ताका लागि १ अर्ब रुपैयाँसम्मका लागि छिटोमा चैत ४ गतेसम्म आवेदन दिन सकिन्छ ।

बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।  यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु