Information is intelligence
HomeSportsरियलको पुनरागमन जित, बेन्जेमाको दुई गोल

रियलको पुनरागमन जित, बेन्जेमाको दुई गोल

- Advertisement -spot_img

स्पेनिस लिग लालिगामा गएराती भएको खेलमा रियलले एल्चेमाथी २-१ गोलको पुनरागमन जितहात पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा बेन्जेमाले दुई गोल गर्दै रियललाई जित दिलाएका थिए । खेलको पहिलो हाफमा कुनै गोल नभएको खेलमा दोस्रो हाफमा भने दुबै टोलि आक्रामक देखिएका हुन् । खेलको ६० औं मिनेटमा डेनी काल्वोले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थीए अग्रता जोगाउन नसक्दा बेन्जेमाले खेलको ७२ औं मिनेटमा गोलगर्दै खेल बराबरीमा ल्याएका थीए।

त्यसपछि इन्जुरी टाइममा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसंगै २७ खेलमा ५७ अंक सहित रियल तालिकाको दोश्रो स्थानमा उक्लिएको छ भने २६ खेलमा २४ अंक सहित तालिकामा पुछारबाट चौथौं स्थानमा छ ।

त्यस्तै हिजोनै भएको अर्को खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । १० खेलाडीमा सिमित गेटाफे विरुद्ध कुनै गोल गर्न नसक्दा  एट्लेटिकोले अंकदूरी बढाउने अवसर गुमायो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु