Information is intelligence
HomeEconomyचन्द्रागिरीकाे मूल्यमा आजपनि सर्किट

चन्द्रागिरीकाे मूल्यमा आजपनि सर्किट

- Advertisement -spot_img

चन्द्रागिरी हिल्सकाे शेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे छ । साताकाे पहिलाे दिन चन्द्रागिरीकाे मूल्य ९.९५ प्रतिशतले बढेर ८८४ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

अघिल्लाे साता ८०४ रूपैँया रहेका उक्त कम्पनीकाे मूल्य आज प्रि ओपन सेसनमा ८४४ पुगेका थियाे भने काराेबारकाे पहिलाे घण्टा नबित्दै ८८४ रूपैँया पुगेकाे छ ।

केहीदिन यता चन्द्रागिरी हिल्सले लगातार सर्किटकाे यात्रा तय गरिरहेकाे छ। समग्र नेप्से नै ओरालाे लागिरहेकाे अवस्थामा चन्द्रागिरी भने निरन्तर उकालाे लागिरहेकाे छ ।

अघिल्लाे साता निरन्तर ओरालाे लागेकाे नेप्से याे साता केही स्थिर रहने अपेक्षा गरिएकाे छ। तर , त्यसका लागि भने अझै कुर्नपर्ने देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु