Information is intelligence
HomePoliticsभोली सोमबार बिहान ११ बजे बस्ने गरी सकियो माओवादी केन्द्रको बैठक

भोली सोमबार बिहान ११ बजे बस्ने गरी सकियो माओवादी केन्द्रको बैठक

- Advertisement -spot_img

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने गरी सकिएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक बसेको  थियो। आजको बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए।

बैठकमा प्रदेश १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु