Information is intelligence
HomeEconomyकिन बढ्याे माउन्टेन इनर्जी नेपालकाे शेयर मूल्य ? यस्ताे छ कारण

किन बढ्याे माउन्टेन इनर्जी नेपालकाे शेयर मूल्य ? यस्ताे छ कारण

- Advertisement -spot_img

माउन्टेन इनर्जी नेपालकाे शेयर मूल्य दाेश्राे बजारमा लगातार बढिरहेकाे छ । हिजाे साताकाे पहिलाे दिन याे कम्पनीकाे मूल्य प्रतिकित्ता ६९६ रूपैँया पुगेर बजार बन्द भयाे ।

केही समय अघिसम्म निकै सुस्त गतिमा बढेकाे कम्पनीकाे शेयर मूल्य हाल भने निकै तिब्र गतिमा अघि बढिरहेकाे छ । कम्पनीले म्याग्दीको नीलगिरि खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

जसमध्ये मिस्ट्री खाेलामा निर्माण भैरहेकाे आयाेजनाले यसै हप्ताबाट विद्युत् उत्पादन शुरु गर्ने भएको छ ।मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो ।

रक्ताम्य नेप्सेमा छाएका यी हुन् १० कम्पनी , सबैभन्दा धेरै गुमाउने कुन् ?

आयोजनाका प्रमुख चन्दनकुमार घोषले मिस्ट्रीखोलाको विद्युत सबस्टेशनमा जोड्न प्रसारण लाइनको परीक्षण शुरु गरिएको बताए ।

आजकाे राशिफल हेर्नुभयाे ?

कम्पनीले यही आयाेजना सफलतापूर्वक सम्पन्न गर्ने लक्षण देखिएपछि लगानीकर्ताहरू उत्साहित हुँदा याे कम्पनीकाे शेयर मूल्य बढिरहेकाे अनुमान लगाउन सकिन्छ ।

थप सामाग्री पढ्नुहाेस्
दुई लघुवित्त कम्पनीकाे आइपिओ आउँदै
TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु