Information is intelligence
HomeSportsजाभीसँग बराबरी गर्दा मेस्सीकाे नाममा नयाँ रेकर्ड

जाभीसँग बराबरी गर्दा मेस्सीकाे नाममा नयाँ रेकर्ड

- Advertisement -spot_img

स्पेनिस लिग लालिगामा बार्सिलोनाले गएराती भएको खेलमा हुएस्कालाई ४–१ ले पराजित गरेको छ ।

बार्सिलोनाले जित निकालेको खेलमा कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाएका छन् । लियोनल मेस्सिले बार्सिलोनाबाट सर्वाधिक खेल खेलेका जाबी हर्नान्डेजकाे रेकर्डसँग बराबरी गरेका छन् । २००४ मा लियोनल मेस्सीले बार्सिलोनाबाट पहिलो खेल खेलेका थिए ।

बार्सिलोनाका लागी ७६७ खेल खेलेका लियोनल मेस्सिले हाल सम्म क्लबका लागि ६६१ गोल गरेका छन् भने २३६ असिस्ट , ७९ पहेलो कार्ड र एक रेड कार्ड पाएका छन् । उनले बार्सिलोनाबाट ३४ उपाधि जितिसकेका छन् जसमा उनले १० लालिगा , ६ कोपा डेल रे र ४ च्याम्पियन्स लिग छन् ।

हिजाेकाे खेलसँगै मेस्सीकाे नाममा लगातार १३ ओेँ सिजन २० भन्दा बढी गाेलकाे रेकर्ड समावेश भएकाे छ । उनले हिजाे भएकाे खेलमा २ गाेल गरेसँगै याे रेकर्डमा नाम लेखाउन सफल भएका हुन् । मेस्सीले दुई गोल गरे संगै एन्टोनी ग्रिजमन र ओस्कर मिनगोएजाले एक÷एक गोल गरे।

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा चार अंकले मात्रै पछि रहेको छ । यो जितपछि च्याम्पियन्स लिगबाट बाहिरिसकेको बार्सिलोनाले ला लिगाको उपाधि होडमा आफूलाई बलियो दाबेदारका रुपमा उभ्याएको छ । हुएस्का ला लिगाको पुछारमा रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु