Information is intelligence
HomePoliticsआज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

- Advertisement -spot_img

संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको बैठक आज मंगलवार दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद्को सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि मंगलवार तेस्रो पटक बैठक बस्न लागेको हो । यसअघि गत माघ २३ र २६ गते बैठक बसेको थियो । प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परमर्श समितिको बैठक समेत बसेको थियो ।

सरकारको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु