Information is intelligence
HomePoliticsसंसद्‌लाई निष्प्रभावी बनाउने खेल भयो: प्रधानमन्त्री ओली

संसद्‌लाई निष्प्रभावी बनाउने खेल भयो: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌लाई निष्प्रभावी बनाउने खेल भएको  र जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरेको आरोप लगाएका छन्‌।

बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरेको आरोप लगाएका हुन् ।  अध्यादेश पेश गर्न जाँदा सभामुख मन्त्रीलाई रोकेका र पछि बैठक कार्यसूची बदलेर बैठक नै अर्को दिन बस्नेगरी सारिएकोप्रति ओलीले असन्तुष्टि प्रकट गरे।

‘संविधान कार्यान्वयनमा सभामुखको जुन कर्तव्य थियो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति भए, सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिन खोजियो,’  ओलीले थपे, ‘​संसद्‌लाई कति निष्प्रभावी र कामकाजी बनाउन खोजियो भन्ने प्रष्ट भयो।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु