Information is intelligence
HomePoliticsकार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता तर्सिँदैनन्: सुरेन्द्र पाण्डे

कार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता तर्सिँदैनन्: सुरेन्द्र पाण्डे

- Advertisement -spot_img

नेकपा | नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीको धम्कीबाट नतर्सिने बताएका छन्।

नेपाल पक्षले भोलि र पर्सि काठमाडौंमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन्।

‘कार्यकर्ता भेलामा जानेलाई प्रधानमन्त्रीले कारवाही गर्ने कुरा हाँस्यास्पद हो। उहाँ आफैँले बालुवाटारमा गुट भेला गरेर गलत गर्नुभयो। नेकपा एमालेको विधानले त्यसलाई मान्यता दिँदैन। अदालतले एमालेलाई ब्यूँताइदिएर २०७५ जेठ २ मा पुर्‍याएको छ। त्यसलाई भुलेर अन्य गतिविधि गर्नु गलत हो। ती काम कारवाही योग्य छन्’, उनले भने, ‘आफैँ गलत रुपमा उभिएको प्रधानमन्त्रीले कारवाही गर्छु भन्नु गलत हो। अध्यक्ष चाहिँ त्यसबाट मुक्त हुँदैनन्, कारवाहीको कुरा अनावश्यक रुपमा तर्साउने कुरा मात्रै हो।’

अदालतले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले राखेका बैठक र त्यहाँबाट गरिएका निर्णय नै अवैधानिक भएको पनि उनको भनाइ छ।

‘गलत आधारमा खडा भएर कारबाहीको कुरा गरिएको छ, यसरी कार्यकर्ता तर्साउन खोजिएको होला, अहिलेका कार्यकर्ता त्यसबाट तर्सिँदैनन्,’ पाण्डेले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु