Information is intelligence
HomeEconomyनेप्से सामान्य बृद्धि हुँदा ५ कम्पनिको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी

नेप्से सामान्य बृद्धि हुँदा ५ कम्पनिको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी

- Advertisement -spot_img

शेयर बजारमा सामान्य बृद्धि भएको छ । शेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा अडिएको छ । कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

५ कम्पनिको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९ दशमलव ९८ प्रतिशत,जोशी हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४० प्रतिशतले वृद्धि भएको हो ।

यी ५  कम्पनीको शेयरमा  खरिदकर्ताको चाप उच्च देखिएका थियो । राष्ट्रिय बीमा कम्पनीको सेयर भने सबैभन्दा बढी गुमाउनेका शीर्ष एकमा परेको छ । कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु