Information is intelligence
HomePoliticsएमालेमा कारबाहीकाे प्रतिस्पर्धा, कसले जित्ने कसले हार्ने ?

एमालेमा कारबाहीकाे प्रतिस्पर्धा, कसले जित्ने कसले हार्ने ?

- Advertisement -spot_img

सर्वाेच्च अदालतले नेकपाकाे आधिकारिकतासम्बन्धी फैसला गरेपछि व्युँझिएकाे नेकपा एमालेमा यतिबेला कारबाहीकाे प्रतिस्पर्धा चलिरहेकाे छ।

हिजाे बालुवाटारमा आयाेजित चियापान समाराेहमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेलामा सहभागी नहुन आदेश दिँदै यदि कसैले गुटगत भेला गरेमा कारबाही गर्ने चेतावनी दिए ।

हिजाे नै एमालेकाे माधव नेपाल समूहले सानेपामा गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही किन नगर्ने भन्ने विषयले प्रवेश पायाे । नेता याेगेश भट्टराईले अध्यक्षज्यू कारबाही भाेग्न तयार छाैँ भने ।

आज बिहानै याेगेश भट्टराईले नै छुल्याहाहरूकाे पछि नलागाैँ भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

आज नै अर्का नेता वामदेव गाैतम समूहकाे भेला पनि आयाेजना गरिएकाे छ । यसरी सबै नेता आफ्नै भेलामा मात्र सरिक भएर अर्काे समूहलाई कारबाही गरिरहे नेकपा एमालेमा याे प्रतिस्पर्धाकाे विजेता काे हाेला त ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु