Information is intelligence
HomeHealthत्रिशुली अस्पताल बन्याे देशकै सर्वाेत्कृष्ट अस्पताल

त्रिशुली अस्पताल बन्याे देशकै सर्वाेत्कृष्ट अस्पताल

- Advertisement -spot_img

सुजन तिमल्सिना ,। नुवाकोटको त्रिशुली अस्पताल न्युनतम सेवा मापदण्डमा गुणस्तर सुधारका लागि दैशकै उत्कृष्ट अस्पतालमा परेको छ । न्युनतम सेवा मापदण्डमा उच्चतम ८८ अंक ल्याएर त्रिशुली अस्पताल देशैभरिको सर्वोत्कृष्ट बनेको हो । त्रिशुली अस्पतालले सेवा गुणस्तर र अन्य सेवा मापदण्डमा सबै भन्दा धेरै अंक प्राप्त गरेको छ ।

मंगलवार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौँडाले आयोजना गरेको एउटा विषेश कार्यक्रममा उक्त घोषणा गरेको हो । भौतिक संरचना र सेवा प्रदानमा त्रिशुली अस्पतालले छोटो समयमा निकै उत्कृष्ट काम गरेको स्वास्थ्य विभागले बताएको छ । स्वास्थ्य निर्देशनालयले चैत्र २ गते सोमबार नुवाकोटको जिल्ला अस्पतालको विभिन्न पक्षहरुको परिक्षण गरेको थियो ।

विरामीहरुलाई प्रदान हुने सेवादेखि कर्मचारीहरुको आन्तरिक व्यवस्थापन, श्रोत बाँडफाँट ,भौतिक संरचना र पूर्वाधारको अवस्थाको बारेमासमेत अनुगमन टोलीले जाँच गरेको थियो ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताए। त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले नुवाकोटको लागि यो गौरबको विषय रहेको उल्लेख गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु