Information is intelligence
HomeSportsएट्लान्टालाई हराउँदै रियाल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एट्लान्टालाई हराउँदै रियाल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

- Advertisement -spot_img

स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा ३–१ गोल अन्तरले इटालियन क्लब एटलान्टलाई पराजित गर्दा समग्रमा रियल ४–१ गोलले जित दर्ता गर्न सफल भयो ।

रियलको जितमा करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गर्दा एटलान्टाका लागि लुईस मुरिएलले एक गोल फर्काएका थिए ।

अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको रियल ३६ औं पटक युरोपियन कप च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब सिटीले जर्मन प्रतिद्वन्द्वी मुन्छेनग्लाडबाखलाई दोस्रो लेगमा २–० ले हराएर समग्रमा ४–० को अग्रता लियो । दोस्रो लेगमा केभिन डे ब्रुन र इलकयी गुन्डोगनले गोल गरे । सिटी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार चौथो सिजन हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु