Information is intelligence
HomeEconomyनेप्सेद्वारा इन्फ्रास्ट्रक्चर बैंकलाई स्पष्टिकरण माग

नेप्सेद्वारा इन्फ्रास्ट्रक्चर बैंकलाई स्पष्टिकरण माग

- Advertisement -spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लण्डन स्टक एक्सचेन्जमा ३० मिलियनकाे बण्ड जारी गर्न लागेकाे भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि नेप्सेले बैंकलाई स्पष्टिकरण माग गरेकाे छ ।

कुनैपनि सूचीकृत कम्पनीले शेयर मूल्यमा प्रभाव पार्ने निर्णय गरेमा २४ घण्टाभित्र नेप्सेलाइ सुचना दिइसक्नुपर्ने प्रावधान रहेकाे छ । तर इन्फ्रास्ट्रक्चर बैंककाे हल्ला कम्पनीबाट नभइ बाहिरबाट आएकाे भन्दै उक्त समाचारकाे सत्यता जाँच गर्न नेप्सेले इन्फ्रास्ट्रक्चर बैंकलाइ स्पष्टिकरण माग गरेकाे हाे ।

साथै कम्पनीकाे मुनाफाबाट १० प्रतिशत लाभांश बाँड्ने समाचारमा पनि स्पष्टिकरण माग गरेकाे छ ।
नेप्सेले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भन्दै निफ्रालाइ पत्राचार गरेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु