Information is intelligence
HomeNewsइन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री बनाउने

इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री बनाउने

- Advertisement -spot_img

सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताएका छन् ।

बुधबार ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत व्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष तामाङले सो कुरा बताएका हुन् ।

पालिकामा यसभन्दा अघि रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड भईसकेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले जानकारी दिए। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत स्थानिय तहको ब्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रम अन्तरगत सो काम गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए।

सिन्धुपाल्चोकको स्थानीय तहमध्ये नमुना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई समेत जोड दिइएको अध्यक्ष तामाङले बताए । आज एक कार्यक्रमका बिच गाउँपालिकामा आफ्नो पालिकालाई स्मार्ट भिलेजको रुपमा विकास गर्ने लक्ष्यसहित सुचना प्रबिधि मैत्रि गाउँपालिका बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर,प्रिन्टर स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको गाउँपालिकाका सल्लाहकार दिनेस चौलागाईले जानकारी दिए ।

गाउँपालिकाको सबै वडाहरुमा यसअघि नै बायोमेट्रिक हाजिरि जडान गरिसकेको छ । गाउँपालिकाको सबै सघंसंस्था तथा कार्यालयमा डिजिटल प्रविधि ल्याउने सुचना प्रविधि अधिकृत दंगालले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु