Information is intelligence
HomeSportsच्याम्पियन्स लिग फुटबलः क्वाटरफाइनल समीकरण पुरा

च्याम्पियन्स लिग फुटबलः क्वाटरफाइनल समीकरण पुरा

- Advertisement -spot_img

युराेपियन च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनल समीकरण पुरा भएकाे । आज राति भएकाे खेलमा चेल्सी र बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेसँगै प्रतियाेगिताकाे क्वाटरफाइनल समीकरण पुरा भएकाे हाे ।

आज राति भएकाे खेलमा चेल्सीले एथलेटिकाे म्याड्रिड र बायर्न म्युनिखले लाजियाेलाइ पराजित गरेका हुन् । बायर्नले लाजियाेलाइ दाेश्राे लेगमा २-१ ले पराजित गर्दै समग्रमा ६-२ गाेलअन्तरकाे जित हात पारेकाे हाे ।

त्यस्तै अर्काे खेलमा चेल्सीले एथलेटिकाे म्याड्रिडलाइ २-० ले हराउँदै समग्रमा ३-० काे जित हात पार्न सफल भएकाे हाे ।

याेसँगै क्वाटरफाइनलमा बायर्न म्युनिख र चेल्सीसँगै म्यान्चेस्टर सिटि , पाेर्टाे ,लिभरपुर, बाेरूसिया डर्टमुण्ड , र पेरिस सेन्ट जर्मन रहेका छन् । याेपाली इटालीका कुनैपनि क्ल्ब अन्तिम आठमा पुग्न सकेनन् ।

क्वाटरफाइनलका लागि युइएफएले यही शुक्रबार ड्र सार्वजनिक गर्दै छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु