Information is intelligence
HomePoliticsकसकाे हाे नेकपा एमाले ?

कसकाे हाे नेकपा एमाले ?

- Advertisement -spot_img

नेपालकाे इतिहासमा वि.सं. २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी नै सबैभन्दा पहिलाे कम्युनिष्ट पार्टी हाे । संस्थापक महासचिव पुष्पलालकाे नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी राणाशासन र पञ्चायति शासनका विरूद्ध गर्विलाे इतिहास  भएकाे पार्टी हाे ।

२०४६ र २०६२/६३ सालकाे आन्दाेलनमा पनि कम्युनिष्ट पार्टीहरूकाे महत्वपूर्ण याेगदान रहेकाे थियाे । अब कुरा गराैँ नेकपा एमालेकाे , २०४८ सालकाे चुनावमा एक तिहाइ सिट जितेर लाेकप्रियता हासिल गरेकाे एमालेमा तत्कालीन महासचिव मदन भण्डारीप्रति लक्षित गर्दै न्युजविकले लेखेकाे थियाे -” जहाँ कालमार्क्स जिवित छन् । “

२०५१ सालकाे मध्यावधि निर्वाचनमा सर्वाधिक मत ल्याएर मनमाेहन अधिकारीकाे नेतृत्वमा सरकार गठन भएकाे थियाे । जुन अहिलेसम्मकै सर्वाधिक लाेकप्रिय सरकारकाे रूपमा चिनिन्छ। त्यसपछि माधव नेपाल , झलनाथ खनाल ,केपी ओली लगायतका नेताहरूले नेतृत्व गरेर एमाले पार्टी यहाँसम्म आइपुगेकाे छ ।

वि.सं. २०३२ सालमा काेअर्डिनेसन कमिटी गठन भएपश्चात सुरू भएकाे कम्युनिष्ट पार्टी एकीकरणकाे प्रयास ३ वर्षअघि एमाले र माओवादीले पनि गरेका थिए । जुन सफल हुन सकेन । सर्वाेच्च अदालतले पुरानै अवस्थामा फर्काइदिएपछि अहिले पुरानै अवस्थामा फर्किएका छन् । माओवादी नामसमेत फेर्ने ध्याउन्नमा देखिएकाे छ भने एमालेमा विवाद उत्पन्न भएकाे छ। पार्टीमा आधिकारिकताकाे लागि दुइ पक्ष समानान्तर रूपमा अघि बढेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेता माधव नेपाल पक्षबीच यतिबेला जुहारी चलिरहेकाे छ । पार्टीमा कसले कसलाई कारबाही गर्ने भनी हाेडबाजी चलिरहेकाे छ।

राजनीतिक जीवनकाे सुरूवातदेखि आफ्नाे आफ्नाे धरातलमा बसेर कम्युनिष्ट पार्टीहरूलाई अघि बढाएका दुवै पक्ष एउटै पार्टीकाे लागि लडिरहेका छन् । पार्टीमा अन्तरसंघर्ष चल्नु स्वभाविक भएपनि अहिले पार्टीकै अश्तित्वमाथि बरिष्ठ नेताहरू नै लागि परेका छन् ।

नेकपा एमालेमा केपी ओलीकाे जति याेगदान छ माधव नेपाल ,झलनाथ खनाल लगायत अन्य नेताहरूकाे पनि उत्तिकै याेगदान रहेकाे छ । कुनैपनि पार्टी सामूहिकतामा आधारित भएरमात्र जनतासामू जान सक्छ नकि व्यक्तिमात्र ।

नेकपा एमालेमा हिजाेका दिनदेखि नै संस्थापक पक्ष एकलाैटी रूपले अघि बढेका आराेपहरू खेपिरहेका छन् नेताहरू । हिजाे माधव नेपाल हुँदा हाेस या झलनाथ खनाल हुँदा हाेस अर्काे पक्ष पेलानमा परेकाे भन्न छाड्दैनन् काेहीपनि । याे पदकाे लडाइँ हैन प्रतिष्ठाकाे लडाइँ हैन मात्र जनजीविकाकाे सवालमा भएकाे भए आम जनता पनि चासाेका साथ यसमा ध्यान दिएर हेर्थे हाेला । तर सिर्फ कुर्सी र पदका लागि मात्र नेताहरूकाे लडाइँ देखिएकाले स्वतन्त्र जनताहरू लडाइँ हेरेर बस्न बाध्य छन् ।

आखिर नेकपा एमाले कसकाे पार्टी हाे त ? याे केपी ओलीकाे पार्टी हाे कि माधव नेपालकाे पार्टी हाे कि झलनाथ खनालकाे पार्टी हाे त ? कि याे वामदेव गाैतम , राधाकृष्ण मैनालीकाे पार्टी हाे ? कुनै एक व्यक्ति मात्र हुँदा नेकपा एमाले बन्छ कि सबै एकैठाउँमा हुँदा नेकपा एमाले बन्छ ? नेतृत्वमा बसेकाहरूले याे साेच्न पर्दैन ?

पार्टीकाे आन्तरिक झगडाका कारण देशकाे सम्पूर्ण राजनीतिक , आर्थिक ,सामाजिक जनजीवन नै अस्तव्यस्त पारेकाे कसलाई हेक्का छैन? के राजनीति गर्नेहरूले समाज र समुदाय साेच्न पर्दैन ? के राजनीतिले वर्तमानकाे जनजीवनका बारे साेच्दैन? राजनीति घाेषणापत्र मात्र हाे त ?

अहिले दुइ पक्ष दुइतर्फ मुख फर्काएर एकले अर्कालाइ गाली गरेर बसेका छन् । आफ्नै अडानमा दुवै पक्ष अडिग भएर बसेका छन् । कुनै पक्ष पनि सम्झाैता गर्न तयार देखिँदैनन् । यसबाट नयाँ पुस्ता र दाेश्राे , तेश्राे बरियतामा बस्नेले के सिक्ने ? गर्विलाे इतिहासले कसरी हेर्ने ? साेच्न पर्दैन नेतृत्वमा बसेकाहरूले ?

साँच्चै एमाले कसकाे पार्टी हाे ? एमालेले कसकाे बारेमा साेच्छ ? एमालेले कसकाे लागि राजनीति गर्छ ? याे सवाल जनतामा खराे प्रश्नकाे रूपमा उभिएकाे छ। यसकाे जवाफ जनताले नेताहरूबाट चाहेका छन् । अब राजनीतिमा चल्ने गाेटिबाट यसकाे रूपरेखा छर्लङ्ग हुनथाल्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु