Information is intelligence
HomeSportsएमबाप्पेको दुइ गोलमा पिएसजीको जित

एमबाप्पेको दुइ गोलमा पिएसजीको जित

- Advertisement -spot_img

किलियन एमबाप्पेले दुइ गोल गरेपछि पेरिस सेन्ट जर्मेन  फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पिएसजीले लिललाई तीन शून्य गोलले हराएको हो । पिएसजीले लगातार सातौं सिजन फ्रेन्च कपको अन्तिम आठमा स्थान बनाएको हो ।

१३ औं मिनेटमा माउरो इकार्डीले  पिएसजीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टिमा गोल गरे ।इन्जुरी समयमा एमबाप्पेले फेरि गोल गरेपछि पिएसजी फ्रेन्च कपको अन्तिम आठमा पुग्यो ।

एमबाप्पेले यो सिजन सवै प्रतिस्पर्धामा गरी २७ गोल गरिसकेका छन् । लिलका युसुफ याजिकीको पेनाल्टिी पिएसजी गोलकिपर नाभासले बचाएका थिए । माउरिसियो पोचेटिनोको टोली १४ औं फ्रेन्च कप जित्ने लक्ष्यमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु