Information is intelligence
HomeEconomyलक्ष्यभन्दा कम राजश्व संकलन

लक्ष्यभन्दा कम राजश्व संकलन

- Advertisement -spot_img

नेपाल सरकारकाे लक्ष्यभन्दा कम राजश्व संकलन भएकाे छ। चालु आर्थिक वर्षकाे माघ मसान्तसम्म रू ५ खर्ब ४९ अर्ब ५१ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ९८ अर्ब ५२ करोड राजश्व संकलन भएको छ । याे लक्ष्यभन्दा ४ प्रतिशत कम  हाे ।

कुल राजश्वमा कर राजश्व रु. ४ खर्ब ५८ अर्ब १० करोड र गैर कर राजश्व ४० अर्ब ४२ करोड रहेको छ ।
यद्यपि, समिक्षा अवधमिा भएको राजश्व संकलन गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको तुलनामा राजश्व संकलन १.२५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा सरकारले ४ खर्ब ४७ अर्ब ८१ करोड राजश्व संकलन गरेको थियो ।
सरकारले चालु आवमा भने रु. ९ खर्ब १२ अर्ब ९४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

थप सामाग्रीहरू
आज कति छ सुनचाँदीकाे भाउ ?
सर्वाेत्तम सिमेन्टकाे आइपीओ , ३ महिनामा नै बाेनस , मूल्य ७५० नै कि घट्छ ?
ज्याेति लाइफकाे आइपीओ बाँडफाँटकाे मिति तय

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु