Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १०७ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०७ संक्रमित थपिए, एकजनाको मृत्यु

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा कोभिड–१९ का १०७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण  मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको छ ।

हाल देशभर एक हजारजना आइसोलेसनमा र ५२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु