Information is intelligence
HomePoliticsदेशैभरका पार्टी कमिटी ब्युँताउने , ७ गतेकाे बैठक बहिष्कार गर्ने

देशैभरका पार्टी कमिटी ब्युँताउने , ७ गतेकाे बैठक बहिष्कार गर्ने

- Advertisement -spot_img

नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ ।

देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।

त्यस्तै केपी ओली समूहले ७ गते आह्वान गरेकाे बैठक पनि माधव नेपाल पक्षले बहिष्कार गर्ने भएकाे छ । बिहीबार राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले चैत सात गतेको बैठक बस्नै सम्भव नरहेको भन्दै आफुहरु नजाने प्रस्ट पारेका हुन् ।

नेता भट्टराईले पार्टी विधान अनुसार मात्रै संसदीय बोर्ड गठन गर्नुपर्ने भएपनि ओलीले उक्त बोर्ड हुकुमी शैलीमा गठन गरेको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु