Information is intelligence
HomeEntertainment & Artsनाइँ नभन्नु ल-६ बन्ने , जेठदेखि छायांकन

नाइँ नभन्नु ल-६ बन्ने , जेठदेखि छायांकन

- Advertisement -spot_img

सिक्वेल चलचित्रकाे दाैडमा अगाडी रहेकाे चलचित्र नाइँ नभन्नु ल – ६ काे छायांकन सुरू हुने भएकाे छ । चलचित्रकाे छायांकन जेठ पहिलाे हप्ताबाट हुनेछ ।

चलचित्रमा रूचाइएका बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई निरन्तरता दिइएकाे छ भने अन्य कलाकारहरू छनाैट गर्ने काम भैरहेकाे छ ।

हालसम्म मुख्य भूमिकामा सलाेन बस्नेत  छनाैट भएका छन्। उनकाे जाेडी भने छनाैट गर्न बाँकी रहेकाे निर्माण पक्षले बताएकाे छ ।

टीकटकमा रुचाइएकी बालिका अल्बिना खड्का समेत फिल्ममा प्रस्तुत हुने भएकी छिन् । फिल्मको प्रदर्शन मिति भने बजार सामान्य बनेपछि मात्र घोषणा गरिने निर्माण पक्षले जानकारी गराएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु