Information is intelligence
HomeEconomyसाताकाे नेप्से अपडेट , के के भए ?

साताकाे नेप्से अपडेट , के के भए ?

- Advertisement -spot_img

फागुन २६ गते बुधबार अघिल्लाे हप्ताकाे अन्तिम काराेबार दिन थियाे । बिहिबार शिवरात्री र शुक्रबार शनिबार नेप्सेकाे काराेबार नहुने भएकाले चैत १ गते आइतबार काराेबार खुल्याे । बुधबार २४५८.४९ अंकमा पुगेर राेकिएकाे नेप्से आइतबार घटेर २४०७.२६ अंकमा आइपुग्याे । त्यस्तै साताकाे अन्तिम दिन हिजाे ५ गते बिहिबार नेप्से २४७५.०९ अंकमा आइपुगेकाे छ । यसरी हेर्दा सातामा नेप्से १६.६ अंकले बढेकाे छ । साेमबारसम्म घटेकाे नेप्से मंगलबारबाट उकालाे लाग्न थाल्याे ।

नेप्सेले सातामा उकालाे यात्रा गरेपनि काराेबार रकम भने सामान्य नै देखिएकाे छ। चैत १ गते आइतबार ४ अर्ब ८५ कराेड १० लाख ५४ हजार ३४ रूपैँयाकाे काराेबार भएकाेमा साेमबार ४ अर्ब ९ कराेड ४४ लाख २३ हजार ७ सय १ रूपैँयाकाे काराेबार भयाे । त्यस्तै हिजाे बिहिबार नेप्सेमा ४ अर्ब ५८ कराेड ६६ लाख ५० हजार ९५८ रूपैँयाकाे काराेबार भयाे । यसरी हेर्दा काराेबार रकममा कमि आएकाे देखिन्छ ।

याे साता चन्द्रागिरी हिल्सकाे शेयर मूल्यले लगातार सकारात्मक सर्किटकाे लेबल छाेइरह्याे । आइतबार ८८४ रूपैँया प्रतिकित्तामा काराेबार खुलेकाे चन्द्रागिरी हिल्सकाे शेयर मूल्य हिजाे बिहिबार १२९२ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै याे हप्ता अत्यधिक चर्चा कमाएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर मूल्य प्रभावित पार्ने गरी आएकाे समाचारले बजारमा केही प्रभाव पारेपनि कम्पनीकाे शेयर मूल्यमा भने प्रभाव पार्न सकेकाे देखिँदैन । इन्फ्रास्ट्रक्चर बैंककाे शेयर मूल्य आइतबार ५२३ रूपैँया प्रतिकित्तामा सुरू भएकाे थियाे भने साताकाे अन्तिम दिन यसकाे मूल्य ५२५ रूपैँया प्रतिकित्ता पुगेकाे छ । लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन बराबरकाे बण्ड जारी गर्ने समाचार आएसँगै बैंकसँग नेप्सेले स्पष्टिकरण माग गरेकाे छ।

साताकाे अन्तिम दिन नेपाल बंगलादेश बैंक र नबिल बैंकबीच मर्ज हुने भन्दै समाचार आएपछि नेपाल बंगलादेश बैंककाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे थियाे । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्ज नहुने भएपछि अब आगामी हप्ता यसकाे प्रभाव हेर्न बाँकी छ ।

याे हप्ताबाट काराेबार सुरू गरेका दुइ कम्पनीमध्ये ग्रीनलाइफ हाइड्राेपावरकाे मूल्य सर्किटकै लेबलमा अघि बढेकाे छ । मंगलबारबाट काराेबार सुरू भएकाे ग्रीनलाइफकाे शेयर मूल्य २९९ बाट बढेर साताकाे अन्तिम दिन ३९६ पुगेकाे छ । त्यस्तै मंगलबारबाट नै काराेबार सुरू भएकाे महिला लघुवित्तकाे शेयर मूल्य ४३८ बाट ४४६ पुगेर राेकिएकाे छ । यसकाे बिहिबार कुनै मूल्य हेरफेर भएन ।

नेप्से उतारचढाव आएकाे याे हप्ता जलविद्युत समूहकाे शेयर भने उकालाे लागेकाे छ। केही कम्पनीहरूकाे मूल्यमा लगातार सर्किट लाग्याे भने केही कम्पनीहरूकाे मूल्य लगातार उकालाे लागिरह्याे । अपर तामाकाेशी , घलेम्दी हाइड्राेपावर र जाेशी हाइड्राेकाे मूल्यमा उतारचढाव देखियाे ।

साताकाे एकदिन हाेटल समूहमा पनि चमक आएकाे थियाे ।

समग्रमा याे हप्ता पहिलाे दुइ दिन नेप्से ओरालाे लागेपनि पछिल्लाे ३ दिन भने नेप्सेले गति लिएकाे छ। काराेबार रकम सुस्त भएपनि लगानीकर्ताहरूमा आकर्षण भने झनै बढेकाे देखिएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु