Information is intelligence
HomeUncategorizedनेपाल सुपर लिग फुटबलको अक्सन आज हुँदै

नेपाल सुपर लिग फुटबलको अक्सन आज हुँदै

- Advertisement -spot_img

आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)को लागि आज (शुक्रबार) अक्सन हुँदैछ ।

नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गर्ने एनएसएलका लागि अक्सनमा १५८ खेलाडी समावेश हुनेछन् ।

एन्फाले बिहीबार अक्सनका लागि ए, बी र सी श्रेणी गरी कुल १५८ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका ३५ खेलाडी ए श्रेणीमा समावेश छन् भने ६५ जना बी श्रेणीमा छन् । यस्तै सी श्रेणीमा ५८ जना खेलाडी रहेका छन् ।

मार्की खेलाडी, विदेशी खेलाडी भने अक्सनमा नरहने श्रोतले बतायो । अक्सनबाट हरेक टोलीले १४ खेलाडी लिन पाउने बताइएको छ । अक्सनका लागि ‘ए’,’बी’, ‘सी’ गरि तीन श्रेणीमा खेलाडीलाई न्युनत्तम मुल्यबाट बोली लगानेछ । ‘ए’ श्रेणीका खेलाडीको न्यूनत्तम मुल्य २ लाख रुपैयाँ रहने बुझिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग आगामी वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ । सात टोलीको सहभागिता रहने लिग सिङ्गल राउण्ड रोबिनको आधारमा खेलाइनेछ । लिगमा कुल १९ खेल हुनेछ । फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु