Information is intelligence
Homehoroscopeआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समय लागे पनि सम्मानित काम गर्ने समय छ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने मौका छ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आँटले काम गर्ने अवसर दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्राप्त उपलब्धिले आत्म–विश्वास पनि बढ्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। कामबाट फुर्सद मिल्नेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

आफ्नै बेहोसीले समस्यामा परिएला। बलजफ्ती काम गर्ने बानीले नाेक्सान पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ। लगानीको तुलनामा लाभांश कम देखिए पनि पछि फाइदा हुने काम सुरु हुनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

छाेटाे समयमा आँटेको काम सम्पादन हुनेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ। तापनि चिताएको काम सम्पादन हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। धेरैलाई फाइदा हुने काम गर्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि खर्च बढ्नेछ। उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी पनि बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समय लागे पनि अप्ठ्यारा चुनौतीहरू पार लाग्नेछन्। प्रयत्न गर्दा अधिकार सुरक्षित गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरू पछि पर्नेछन्। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउने मौका छ। मुद्दामा आफ्नो पक्षको सुनुवाइ हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताका हात अघि बढाउनेछन्। बाहिरको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। आँट गर्दा काम बन्नेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अध्ययनमा समय दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। लक्ष्यमा पुग्न समय लागे पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन्। मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ। शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन्। पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु