Information is intelligence
HomeInternationalजब बाइडेनले पुटिनलाई हत्यारा भने

जब बाइडेनले पुटिनलाई हत्यारा भने

- Advertisement -spot_img

अमेरिकी राष्ट्रपति जाे बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्यारा भएकाे स्वीकारेका छन् ।

बुधबार प्रशारण भएको एबीसीसँगको अन्तरवार्तामा बाइडेनले पुटिनलाई २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनलाई अपमान गर्ने प्रयास गरेकामा त्यसको मूल्य चुकाउनुपर्ने बताएका हुन् । यसअघि अमेरिकी खुफीया एजेन्सीले २०२० को चुनावमा रुसले बाइडेनको दुष्प्रचार गर्ने उद्देश्यले हस्तक्षेपको प्रयास गरेको पत्ता लगाएको थियो ।

यसपछि कार्यक्रमका प्रस्तोता जर्ज स्टेफानोपोलसले बाइडेनलाई पुटिन ‘हत्यारा’ भएकाबारे के सोच छ भनेर प्रश्न गर्दा उनले आफू त्यससँग सहमत भएको बताएका हुन् ।

बाइडेनकाे याे अभिव्यक्तिपछि विश्वजगतमा अमेरिका र रूसबीच सम्बन्ध अत्यन्तै खराब अवस्थामा पुगेकाे आँकलन गर्न थालिएकाे छ ।

बाइडेनको सो भनाइकै प्रतिक्रियामा रुसले बुधबार अमेरिकी राजदूतलाई फिर्ता बोलाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु