Information is intelligence
HomeHealthस्वास्थ्य चाैकीकाे पर्खाल मापदण्ड नपुगेकाे भन्दै भत्काइयाे

स्वास्थ्य चाैकीकाे पर्खाल मापदण्ड नपुगेकाे भन्दै भत्काइयाे

- Advertisement -spot_img

सुजन तिमल्सिना । भुकम्पपछि पुनर्निर्माणमा सदाचार कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका वडा नम्बर १२को बाँसबारी स्वास्थ्य चौकिमा लगाइएको वाल मापदण्ड नपुगेको भन्दै अनुगमन टोलिले भत्काइदिएको छ ।

जिल्ला समन्वय समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन , वडा कार्यालय र ट्रान्सपरेन्सि इन्टरनेस्नल नेपाल बाट गएको प्राबिधिक सहितको अनुगमन टोलिले पर्खालमा हुनुपर्ने मापदण्ड नभएको भन्दै भत्काएको मेलम्ची १२ का वडा अध्यक्ष राम बहादुर लामाले जानकारी दिए।

ट्रान्सपरेन्सि इन्टरनेस्नल नेपालले सरकारी भवन, निजि आवास,स्वास्थ्य चौकि लगाएत संरचनाको  पुनर्निमाण हेर्दै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सिन्धुपाल्चोकले भूकम्प पछि पुर्ननिमाण र पूर्नस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत २ करोड ९४ लाख ६९ हजार ३ सय रुपिँया लागतमा बन्न लागेको स्वास्थ्य चौकिको भवन २०१९को जुलाई १५ बाट सुरु भएको थियो ।

२०२०को अक्टोबर १४ सम्म हस्तान्तरण गरिसक्न पर्ने भएतापनि अहिले सम्मपनि सो स्वास्थ्य चौकि हस्तान्तरण भएको छैन । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन चौताराको सहयोगमा स्वास्थ्य चौकिको भवन निमार्ण भइरहेको छ ।

अवलोकन तथा मापनका क्रममा जिल्ला समन्वय समिति अनुगमनमा जाँदा ठेकेदारको लार्पबाहिकै कारण कमजोर वाल लगाएको पाइएकाले तुरुन्त संरचना भत्काउन लगाइएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाको भनाई छ ।

“ म आफै पनि अवलोकनमा गएको थिएँ अवलोकनमा जाँदा मापदण्ड अनुसार काम गरेको नपाइएपछि भत्काउन लगाएको छु ”सापकोटाले भने। अनुगमनमा गाउँका प्राविधिक, वडा अध्यक्ष , ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कर्मचारी लगायतको टोलि पुगेको थियो । एउटै कामदार नपाएको र फरक फरक कामदार लगाउन परेका कारणले वालमा केहि समस्या आएको ठेकेदारले स्विकारेको छ ।

इन्जिनियर प्रकाश कार्किले वाल लगाउदा जोइन नमिलेको कारणले भत्काउन लगाइएको जानकारी गराए। ट्रान्सपरेन्सी इन्टरनेशन नेपालसँगै गएको अनुगमन टोलिलाई इन्जिनियर कार्किले अलिकति ठेकेदारले वेवास्ता गरेको कारण लगाइसकेको पर्खाल भत्काउन परेको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु