Information is intelligence
HomeInternationalसैनिक शासनलाई तर्साएकाे त्याे पिँढी

सैनिक शासनलाई तर्साएकाे त्याे पिँढी

- Advertisement -spot_img

१८८८ काे विद्राेह आधुनिक म्यानमारकाे इतिहासकै सबैभन्दा निर्णायक क्षण थियाे । सत्तामा आफ्नाे कब्जा थाँति राखिरहन चाहने सेनाकाे अगाडी अचानक यस्ताे विराेधकाे सामना गर्नुपर्याे कि त्यतिबेला म्यानमारकाे अर्थव्यवस्था नै उलटपुलट हुन पुग्याे ।

सन् १९४८ मा बर्मा स्वतन्त्र भएपश्चात बर्माकाे सेनाले नागरिक शासनमा देशलाइ एकजुट राख्न सकिँदैन भन्दै जबरजस्ती सैनिक शासन लागु गरेकाे थियाे । सैनिक प्रमुख जनरल विन , जाे अन्धविश्वासी मात्र हैन रूढी थिए उनले बर्माकाे सम्पर्क बाँकी दुनियाँबाट टुटाए । त्याेबेला एशियामा शीतयुद्ध चलिरहेकाे थियाे । शीतयुद्धमा एशिया दुइ भागमा बाँडिएकाे थियाे तर जनलर विनले कुनैपनि भागमा जान चाहेनन् ।

त्यहि माैकामा जनरलले एक पार्टी गठन गरे , जुन पार्टीमा सेनाकाे वर्चस्व रह्याे । उक्त पार्टीकाे नाम थियाे साेशलिस्ट प्राेग्राम पार्टी । याे फैसलाका कारण म्यानमार विश्वकाे सबैभन्दा गरिब देशकाे रूपमा सहभागी बन्न पुग्याे ।

सन् १९८८ काे अगस्ट र सेप्टेम्बर महिनामा बर्माकाे राजनीतिक आन्दाेलन चरम सीमामा पुगेकाे थियाे । मानिसहरू लामाे लाइन लागेर र्यालीहरू निकाल्थे । पार्टी गठन गर्नुभन्दा १ वर्ष अघि जब जनरल विनले देशमा नाेटबन्दी गरेका थिए । आन्दाेलनकाे सुरूवात त्यतिबेला देखि नै भएकाे थियाे । उक्त नाेटबन्दीकाे कारण विद्यार्थीहरू , जसले ट्युसन फी तिर्नका लागि पैसा बचत गरेर राखेकाे थिए उनीहरूलाई धेरै असर परेकाे थियाे र यसकाे विराेधमा उनीहरू र्याली निकालेर आन्दाेलनकाे सुरूवात गरेका थिए ।

उक्त आगाेकाे सानाे झिल्काेबाट सुरू भएकाे आन्दाेलन बढ्दै गयाे र सरकार र नागरिकबीच टकरावकाे स्थिति सिर्जना भयाे । सैनिकहरूले जनतामाथी गाेली चलाउन थाले । अगस्ट बाट सुरू भएकाे आन्दाेलनमा डिसेम्बरसम्ममा हजाराैँकाे ज्यान गइसकेकाे थियाे ।

सन् १९८८ मा सैनिक शासनकाे विरूद्ध लडाइँ लड्ने विद्यार्थीहरूलाई आज ८८ काे पिँढी भनिन्छ । उनीहरूमध्ये धेरैजनाले दुइदशकसम्म जेलजीवन बिताए । काेही आन्दाेलनकारीकाे जीवन मरूभूमीजस्तै बन्याे तर हिम्मतमा भने कुनै कमी आएन । अहिले भैरहेकाे सैनिक शासनकाे विराेधमा पनि तीमध्ये काेही काेही सडकमा देखिन थालेका छन् ।

उक्त ८८ काे पिँढीका सबैभन्दा मुख्य आन्दाेलनकारी हुन् मिन काे नाइंग । उनी अहिले भैरहेकाे सैनिक कुकाे विराेधमा खुलेर सडकमा देखिन थालेका छन् । उनी ८८ काे आन्दाेलनलाइ सम्झिन्छन् यतिबेला ।

सन् १९८८ काे सैनिक शासनकाे विरूद्धमा सडकमा आएका विद्यार्थीहरूलाई उनीहरूकाे कुरा अरू जनतासम्म पुर्याउन कागजका पर्चाहरूमा लेखेर घरघर पुर्याउनु पर्थ्याे । धेरै कम मानिससँग टिभि ,रेडियाे थियाे । त्यतिबेला जनतासम्म पुग्ने डिजिटल दुनियाँ भनेकाे बिबिसी मात्र थियाे ।

क्रिस्टाेफर गननेस त्याेबेला बिबिसीका युवा रिपाेर्टर , जाे बर्माकाे आन्दाेलनकाे बेला बर्मामा रहेका थाेरै विदेशीमध्येका एक थिए । उनी बर्माकाे त्याे नरसंहारकारी आन्दाेलनकाे रिपाेर्टिङ गर्न सक्षम भएका थिए ।

रिपाेर्टिङका कारण जनतामाझ उनी लाेकप्रिय बन्दै गइसकेका थिए । उनकै रिपाेर्टिङका कारण जनतालाइ उक्त आन्दाेलनकाे बारेमा थाहा हुँदै गयाे र आन्दाेलनले जनसमर्थन प्राप्त गर्दै गयाे । त्यसपछि सेनाले नरसंहारकाे सुरूवात गर्याे । २६ सालदेखिकाे अर्थतन्त्रकाे चरम मन्दीबाट हैरान भएका जनताहरूकाे त्याे समूहलाइ सैनिकहरूले गाेलीकाे सहायताले सानाे बनाउन खाेजेपनि ज्यान दिन तयार भएका आन्दाेलनकारीहरू सडकबाट हट्न तयार भएनन् ।

हाल नागरिक अवज्ञा आन्दाेलनकाे नेतृत्व गरिरहेकाे एक आन्दाेलनकारी ये लंग अंग भन्छन् ‘ सन् १९८८ काे आन्दाेलनले याे कारण पनि हार मानेन कि त्यहाँ म्यानमारकाे समाजवादी व्यवस्थाबाट प्राप्त निराशाकाे नतिजा सडकमा देख्न पाइयाे । ‘

उनी भन्छन् जब याे व्यवस्था ढल्याे तब सैनिक शासन पनि अन्त्य भयाे तर सन् २०२१ मा जनमतप्राप्त सरकारबाट सेनाले फेरी सरकार हत्यायाे । हामी जनमत प्राप्त सरकारलाइ मात्र आधिकारिक मान्छाैँ त्यसैले आज सडकमा छाैँ ।

सन् १९८८ काे म्यानमार विद्राेहमा आधारित भएर बिबिसी हिन्दीले तयार पारेकाे याे रिपाेर्ट दरबार टाइम्सले नेपालीमा भावानुवाद गरेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय