Information is intelligence
HomeEconomyसिंगटी हाइड्राेले यहि वर्ष ८ प्रतिशत लाभांश दिने

सिंगटी हाइड्राेले यहि वर्ष ८ प्रतिशत लाभांश दिने

- Advertisement -spot_img

शुक्रबारदेखि २९ करोड रुपैयाँको आईपीओ निष्काशन गरेको सिंगटी हाइड्रो लिमिटेडले चालु आवमा नै ८.०३ प्रतिशत लाभांश दिने बताएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा पेश गरेको एक प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो ।

कम्पनीले चालु आवमा प्रतिशेयर आम्दानी ८.०३ प्रतिशत पुग्ने अनुमान गरेको छ । त्यो अनुसार कम्पनीको लाभांश क्षमता पनि सोही बराबर हुनेछ ।

यस्तै, आव ०७८÷७९ मा ९.१६ प्रतिशत, आव २०७९÷८० मा ११.२२ र आव २०८०÷८१ मा १३.४८ प्रतिशतसम्म प्रतिशेयर आम्दानी पुग्ने अनुमान गरिएको छ ।

आजबाट सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु