Information is intelligence
HomeInternationalके भयाे बाइडेनलाई ? प्लेन चढ्दा ३ चाेटि लडे (भिडियाे)

के भयाे बाइडेनलाई ? प्लेन चढ्दा ३ चाेटि लडे (भिडियाे)

- Advertisement -spot_img

अमेरिकी राष्ट्रपति जो बाइडेनको एउटा भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । यो भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ । भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन् । यद्यपि, उनले आफूले आफैंलाई सम्हालेका छन् ।

सिँढी माथि पुगेपछि बाइडेन स्यालुट गर्दै विमानभित्र पस्छन् । यो भिडियो सार्वजनिक भएपछि धेरैले बाइडेन बिरामी भएको हो कि भन्ने आशंका गरेका छन् । यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरिन जीन–पियरेले राष्ट्रपति शत प्रतिशत स्वस्थ भएको जानकारी दिएकी छिन् । सिँढीमा गलत कदम परेका कारण त्यस्तो भएको उनले बताइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु