Information is intelligence
HomeEconomyजाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्ने

जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्ने

- Advertisement -spot_img

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ ।आइपीओ निष्कासन तथा बिक्रीका लागि संस्थाले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

लघुवित्तको पोखराको सिमलचौरस्थित केन्द्रीय कार्यालयमा नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

हाल २० जिल्लामा लघुवित्त कारोबार गरिरहेको संस्थाको चुक्ता पुँजी १० करोड ७८ लाख छ । थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १६ करोड पुग्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु