Information is intelligence
HomeSportsबार्सिलोनालाई पछि पार्दै रियल तालिकाको दोस्रो स्थानमा

बार्सिलोनालाई पछि पार्दै रियल तालिकाको दोस्रो स्थानमा

- Advertisement -spot_img

स्पेनिस लिग लालिगामा गएराती भएको खेलमा साबिक बिजेता रियल मड्रिडले सेल्टा भिगो माथि ३-१ को सानदार जित हात पारेको छ ।

सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा जित हात पार्नका लागी करिम बेन्जेमाले दुई गोल गरे भने मार्को एसेन्सिवोले एक गोल गरेका हुन् । बेन्जेमाले खेलको २० औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने खेलको ३० मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर बनाएको हो । त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा मार्को एसेन्सिवोले गोल गर्दै जित आफ्नो पोल्टामा पारेको हो । सेल्टाका लागी भने सेन्टि मिनाले एक गोल गरेका थिए ।

रियल बार्सिलोनालाई पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियल २८ खेलमा ६० अंक सहित तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै सेल्टा २८ खेलमा ३४ अंक सहित तालिकाको दशौँ स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु