Information is intelligence
HomePoliticsराष्ट्रपति भण्डारीको दुईदिने बंगलादेश भ्रमण भोलिदेखि, के-के छन् कार्यक्रम ?

राष्ट्रपति भण्डारीको दुईदिने बंगलादेश भ्रमण भोलिदेखि, के-के छन् कार्यक्रम ?

- Advertisement -spot_img

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन ।

उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् ।

त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको छ ।

त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।

भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् ।

भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ । जसले ढाकामा जन्म शताब्दी समारोह कार्यक्रमको दौरान सांस्कृतिक प्रदर्शन देखाउँनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु