Information is intelligence
HomeNewsगैंडाको खागसहित एक जना पक्राउ

गैंडाको खागसहित एक जना पक्राउ

- Advertisement -spot_img

बाँकेमा गैंडाको खागसहित एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-११ चौराहबाट २ थान गैंडाको खाग सहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-२ बस्ने ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश सिंजाली रहेका छन् ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खाग फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु