Information is intelligence
HomeEconomyइन्फ्रास्ट्रक्चर बैंकले दियाे नेप्सेलाई यस्ताे जवाफ

इन्फ्रास्ट्रक्चर बैंकले दियाे नेप्सेलाई यस्ताे जवाफ

- Advertisement -spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचनाको विषयमा नेप्सेले माग गरे अनुसार स्पष्टीकरण पेश गरेको छ ।

हालै मात्र सञ्चार माध्यममा आएका समाचारका विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई निर्देशन दिएको थियो । निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने विषय रणनीति भित्रकै हिस्सा भएको र आइपीओ निष्कासनका लागि तयार गरिएको विवरण पत्रमा पनि उल्लेख गरिएको स्पष्ट पारेको छ ।

साथै, नेप्सेमा सूचीकृत हुनु अगावै बन्ड जारी गर्नका लागि नियामकबाट केही सहमाति लिइसकेको पनि स्पष्ट पारेको छ । यसलाई अन्तिम रुप दिन चाहिने सहमतिहरु लिँदै यथासक्य छिटो बन्ड जारी गर्ने पनि बैंकले जानकारी गराएको छ ।

यस्तै, लाभांश सम्बन्धमा पनि निफ्राले स्पष्ट पारेको छ । आइपीओ निष्कासनका लागि प्रकासन गरिएको विवरणपत्रमा आर्थिक वर्ष २०७७–७८ मा ८% लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको स्पष्ट पारेको हो । निफ्राले संस्थागत लगानीकर्ता भित्राउने विषयमा प्ररम्भिक छलफल भइरहेको पनि जानकारी गराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु